कोभिड विमाको रू एकलाख रुपैया पत्रकार खड्कालाइ हस्तान्तरण
काठमाडौं । मिसन मिडिया क्लवले पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकार विदुर खड्कालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार देवेन्द्र चुडालले पत्रकार खड्कालाइ विमा वापतको चेक हस्तान्तरण गर्नु भएको थियो । पत्रकार खड्का महासंघ काठमाडौं शाखा आवद्ध हुनुहन्छ ।
पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव एवम् क्लवका अध्यक्ष श्रीजन झाले कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमको समयमा आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ कार्यक्रम सञ्चालन गर्नु भएको हो
यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा रामहरि कार्की,शुशीलबन्ध थापा, गोकुल कार्की, नीरज रञ्जित, अमृत अधिकारीलाइ कोभिड विमाको रकम हस्तान्तरण गरिसकेको प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ । चेक हस्तान्तरण कार्यक्रममा पत्रकार शाश्वत ,नीरज रन्जित लगायतको उपस्थित रहेको थियो ।


























