नेपाल बंगलादेश बैंकको नाफा १६.५२% बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२% ले बढेर ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५.१६% ले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ थियो ।
साथै, सञ्चालन नाफा पनि १८.८९% ले बढेर १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपैयाँ पुगेको छ । यता, बैंकको खुद ब्याज आम्दानी भने ८.०१% ले घटेर १ अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको खराब कर्जा पनि ०.४५% ले बढेर २.३७% पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा छ ।






















