stcnepal long ad
ime life insurance
national life
global ime bank long

जापानका ८० प्रतिशत बढी नागरिकले दिए ओलम्पिक नगर्न सुझाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । टोकियो ओलम्पिक आयोजना हुने नहुने अन्योल बढेको छ । कोरोना भाइरस महामारी नियन्त्रणमा नआइसकेको भन्दै आयोजक राष्ट्र जापानका सर्वसाधारणले ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै खेलको अन्योलता बढेको हो ।

जापानका ८० प्रतिशतभन्दा बढी नागरिकले ओलम्पिक नगर्न सुझाव दिएका छन् । सन् २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण यो बर्षलाई सारिएको थियो । जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले खेल रद्द गर्न सुझाव दिएका छन् ।

खेल सम्बन्धी संघसंस्थाले पनि निर्धारित समयमै खेल हुनेमा आशंका गरेका छन् । पछिल्लो पटक जापानमा कोरोनाको संक्रमणदर बढेपछि खेल थप अनिश्चित भएको छ ।

कोरोना संक्रमणकै कारण ओलम्पिक टर्च र्‍याली समेत एक महिना पछि सारिएको छ । तर जापान सरकारले भने टोकियो ओलम्पिक पूर्वघोषित तालिका अनुसार नै हुने बताउँदै आएको छ ।

IME Lifesidebar
kumari