stcnepal long ad
ime life insurance
national life
global ime bank long

नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर आज मंगलबार देखि बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानीकोषले आज मंगलबार देखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ८२.८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो ।

यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले यो हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीले गत भदौ २२ गते बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको थियो ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्रि प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानीकोषको काठमाडौं, विराटनगर र पोखराको कार्यायबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यो हकप्रद माघ १९ गतेसम्म विक्रीमा रहनेछ । कोषको हकप्रद शेयरलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने इक्रा एनपी आइआर ए प्लस रेटिङ प्रदान गरेको छ ।

कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी एक अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ । सोहि पूँजीको आधारमा कोषले हकप्रद बिक्रि खुला गरेको हो ।

IME Lifesidebar
kumari