citizens life insurance long ad
stcnepal long ad

इन्टर मिलान रोमासँग बराबरीमा रोकियो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले एएस रोमासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मिलानले रोमासँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा अग्रतामा रहेपनि इन्टरले अग्रता जोगाउन सकेनन् । खेलको १७ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले घरेलु टोली रोमलाई अग्रता दिलाएका थिए । उनके हेनरिक मिखीतार्यानको पासमा गरेको प्रहार डिफेन्डर एलेसान्द्रो बास्टोनीलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा मिलान स्क्रिनियारले इन्टरका लागि बराबरी गोल गरे । त्यसको ७ मिनेटपछि अक्रफ हाकिमीले सुन्दर गोल गर्दै इन्टरलाई अग्रता दिलाए । दुवै गोलमा मार्सेलो ब्रोजोभिचले असिस्ट प्रदान गरेका थिए ।जियानलुका मान्चिनीले ८६ औं मिनेटमा हेडर मार्फत गोल गरेपछि इन्टर जितबाट बन्चित भएको थियो ।

यस बराबरीसँगै इन्टर मिलानको १७ खेलमा ३७ अंक भएको छ । रोमाको १७ खेलमा ३४ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानले १७ खेलमा ४० अंक जोडेको छ । साविक विजेता युभेन्टस १५ खेलमा ३० अंकसहित छैटौं स्थानमा छ । युभेन्टसले आज राती सासुओलोको सामना गर्दैछ ।

IME Life
kumari