stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडकोे ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ ।

२०७७ पुस १९ गते एक समारोहका विच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ । साथै,प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध छ ।

 

IME Lifesidebar
kumari