एकैदिन खोल्यो सेञ्चुरी बैंकले ७ वटा नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन थप ७ वटा नयाँ शाखा खोलेको छ । बैंकले आज पुस २१ गते भर्च्युअल माध्यमबाट थप ७ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकले बाँकेको कोहलपुर, मुस्ताङ्गको लेते, ललितपुरको भोलढोका, भक्तपुरको सुकुलढोका, काठमाडौंको कपन, नरेफाट र टोखामा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको हो ।
जसमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाडौंको , कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्यअभिषेक बज्राचार्यबाट, काठमाडौंको, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपानेबाट र काठमाडौंको, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो । यससँगै बैंकको शाखा संजाल १२० पुगेको छ ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकलाई प्रदान गदै आएको छ ।
चालु आ.व.को असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२ अर्ब ४२ करोड रुपैयाँ र कर्जा रकम ६६ अर्ब ९३ करोड रुपैयाँ परिचालन गरी २२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।























