माछापुच्छ्रे बैंकको लाभांश पारित गर्न बिहीबार साधारण सभा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पुष २ गते बिहीबार वार्षिक साधारण सभा बस्ने भएको छ । यस अघि बैंकले कात्तिक ६ गते साधारण सभा बोलाएपनि कोरोना भाइरस संक्रमणको त्रास र चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको थियो।
सोही स्थागित वार्षिक साधारण सभा पुष २ गते बस्न लागेको हो । सभामा बैंकले ७.०३% बोनस सेयर र ३.३७%नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा बनाएको छ ।
उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउने छन् ।
कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।























