citizens life insurance long ad
stcnepal long ad

सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित, पाँच बजे फेरि बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । सभामुख सहभागी नहुँदा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

आजै बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । बिहानका लागि परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए भने सभामुख सापकोटा अनुपस्थित थिए ।

सभामुख सापकोटा नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था छ ।

IME Life
kumari