citizens life insurance long ad
stcnepal long ad

दिनेशलाल श्रेष्ठ एशियन लाईफको सीईओमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दिनेशलाल श्रेष्ठ एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार बीमा समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ ) बन्नको लागि स्वीकृती दिएको बीमा समिति स्रोतले जनाएको हो ।

बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियन लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले श्रेष्ठलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघि सिफारिस गरेको थियो ।

श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनको कार्यकाल अब ४ वर्षको रहने छ ।

IME Life
kumari