stcnepal long ad
ime life insurance
national life
global ime bank long

वाग्मती प्रदेशका पत्रकारलाई पेन्सन योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
शनिबार, १० फागुन २०७६
काठमाडौं । वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिष्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो । वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक रु तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले रु १५ लाख बजेट छुट्याइएको बताइएको छ । त्यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधि समेत पारित भएको प्रेस रजिष्टार रेवती सापकोटाले जानकारी दिए । “दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई रु ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई रु ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ”, उनले बताए “सुत्केरी पत्रकारलाई प्रोत्साहन स्वरुप रु ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ । ” प्रेस रजिष्टारको कार्यालयबाट हालसम्म करिब १०० पत्रकारले परिचयपत्र समेत प्राप्त गरेको बताइएको छ ।
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो । प्रदेश सरकारले पत्रकार कल्याणकारी कोषको स्थापना गर्ने तयारी गरेको उल्लेख गर्दै उनले आफू श्रमजीवी पत्रकारका पक्षमा उभिएको बताए । रासस
IME Lifesidebar
kumari