नेपाली फुटबल टोलीका पुरुष र महिलाको समान तलब, मासिक १८ हजार रुपैयाँ पाउने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बढेको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घको कार्यसमिति बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएर मासिक १८ हजार रुपैयाँ पुर्याएको छ ।
नेपाली फुटबलमा पहिलो पटक पुरुष र महिला खेलाडीको समान तलब कायम गरिएको एन्फाले जनाएको छ । यसअघि पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँ तलब पाउँदै आएका थिए ।
एन्फाले बैंक खातामा रहेको पाँच करोड रुपैयाँ मुद्दती निक्षेपको ब्याजबाट आउने पैसाले खेलाडीको तलब भुक्तानी गर्दै आएको छ ।





















