citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र अस्पतालका निर्देशक डा. विशाल सापकोटाले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कको भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari