citizens life insurance long ad
stcnepal long ad

कोरोना खोप वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता, थप अनुसन्धानको जरूरत

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । पछिल्लो समय विभिन्न देशहरूले कोरोना विरूद्धको खोप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेको र तिनको सफलता ९० प्रतिशत माथि रहेको बताइएको छ ।

केही महिनाभित्रै खोपहरू पूर्ण स्वीकृति पाएर बजारमा आउनसक्ने देखिन्छ । तर यही बेला खोप वितरणमा विभेद हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओका प्रमुख डा। टेड्रोस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसो नहुने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो । उहाँले संसारभर कोरोना प्रभावित नागरिकलाई सहज रुपमा खोप पुर्‍याउन करोडौं डलरको साझा कोष आवश्यक रहेको बताउँदै ठूला र सम्पन्न देशले साना मुलुकलाइ विभेद गर्न नहुने धारणा राख्नुभएको छ ।

साथै खोपको सफलता नजिकै रहेको र अब यसको वितरणका लागि सबै देश तयारीमा जुट्नु जरूरी रहेको उहाँको धारणा छ ।

डा टेड्रोसले कोरोनाविरूद्धका भ्याक्सीनको परीक्षणले ल्याउने सकारात्मक नतिजाको प्रतीक्षामा आफूहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेका खोपको प्रभावकारिता बढी देखिएको छ । खोपको प्रभावकारीताका बारेमा अझै थप अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।

विगतदेखि नै डब्लुएचओले कोरोना महमामारी नियन्त्रणका लागि विश्वका देशहरूबीच सामुहिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिँदै आएको छ ।

IME Life
kumari