नेपाल बंगलादेश बैंकले निकाल्यो वित्तीय विवरण
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा ४१.९०% ले धेरै हो । अघिल्लो वर्ष बैंकले ४० करोड २५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, बैंकको वितरण योग्य नाफामा ५९.६८% को गिरावट आएर ५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।
यसअवधिमा खुद ब्याज आम्दानी पनि ७.४४% ले घट्दा सञ्चालन नाफा भने ३९।४९५ ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९८ पैसाले बढेर २६ रुपैयाँ ८९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा रहेको छ ।






















