citizens life insurance long ad
stcnepal long ad

एसबीआई बैंकको ५४.१४% ले नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल एसबीआई बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिको तुलनामा ५४.१४% ले खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः ४२.२२% र ५४.२६% को गिरावट आएपछि खुद नाफामा पनि ओरालो लागेको हो ।

यस्तै, एसबीआईको निक्षेप संकलनमा १२.६९% सुधार भएपनि कर्जा लगानी ४.४२% ले घटेको छ । चुक्ता पुँजी ६५ ले बढेर ८ अर्ब ९५ करोड ६२ लाख पुगेको छ ।

तर, खुद नाफामा भारी गिरावट आउँदा प्रतिसेयर आम्दानीमा पनि नकारात्मक असर परेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसाले घटेर ८ रुपैयाँ ९५ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा थियो ।

IME Life
kumari