stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बेैंकको वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले गत मंसिर ६ गते सिद्घार्थनगरको नारायणपथमा अवस्थित लिलाराम माध्यामिक विद्यालयमा बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भ¥याङ लगायतका सामाग्री हस्तान्तरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिद्घार्थनगरन.पा. वडा नं. ८ का अध्यक्ष राजनजंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका बिभिन्न शाखाका शाखा प्रवन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो । त्यसैगरी, गत शुक्रबार नै बैंकको नेपालगञ्ज शाखाले नेपालगञ्ज उप–महानगरपालिका– ६ मा अवस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यव्रmम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको छ ।

IME Lifesidebar
kumari