citizens life insurance long ad
stcnepal long ad

गुडविल फाईनान्सले मुनाफा दोब्बर बृद्धि गर्न सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाईनान्सले मुनाफा दोब्बर बृद्धि गर्न सफल भएको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा सो फाइनान्स कम्पनीको मुनाफा दोब्बर बृद्धि भएको देखिएको छ ।

गुडविल फाईनान्सले गत असोज मसान्त सम्ममा दुई करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा एक करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आ.व.को समीक्षा अवधीमा दोब्बर भन्दा बढिले मुनाफा बृद्धि गर्न सफल भएको हो ।

प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानीमा बृद्धि भएको तथा तुलनात्मक रुपमा खर्च घटेर बचत हुन गई मुनाफा उल्लेख्य रुपमा बृद्धि आज प्रकाशित वित्तीय विवरणले देखाएको छ ।  गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सात करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आवको पहिलो त्रैमासमा छ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

कम्पनीको ब्याज आम्दानी एक करोड २४ लाख रुपैयाँले घटेको छ । यद्यपि कम्पनीको कूल सञ्चालन आम्दानीमा भने बृद्धि गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सञ्चालन खर्च घटेकाले पनि कम्पनीको मुनाफा बृद्धि भएको देखिएको छ । कूल ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोष ३८ करोड ५७ लाख रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवमा रहेको ३२ करोडबाट कोषको आकार बढेको छ ।

गुडविल फाईनान्स कम्पनीको खराब कर्जा सामान्य बढेर १.२४ प्रतिशतबाट २.०१ प्रतिशत पुगेको छ । कोषको लागत ८.३६ प्रतिशत छ । अघिल्लो वर्ष ९.२४ थियो । त्यस्तै, पूँजी कोष अनुपात २०.५५ प्रतिशत, सिसिडि रेशियो ६८.८८ प्रतिशत, आधार दर १०.४७ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ ।

IME Life
kumari