लुम्बिनी जनरल इन्स्योरेन्सको ८.१२५% बोनस सेयर सूचीकृत
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको ८.१२५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लुम्बिनीले गत असार २४ गतेको वार्षिक साधारण सभाबाट पारित ८.१२५% बोनस बुधबार नेप्सेमा सूचीकृत गराएको हो ।
यसको कुल ८ लाख ५८ हजार कित्ता सेयर नेप्सेमा थपिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी हाल १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यस इन्स्योरेन्सले २० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।






















