citizens life insurance long ad
stcnepal long ad

इटालीमा कडा नियमसहित फेरि लकडाउन

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । युोपमा दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन गरिएको छ । इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए ।

शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ। संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए।

लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन्। रेड जोन घोषणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन बन्देज लगाइएको छ।

स्वास्थ समस्या, कामको लागि आवश्यकता परेको खण्डमा अनुमति दिइएको भए पनि सेल्फ प्रमाणीकरणको सर्टिफिकेट अनिवार्य गरिएको छ। यो प्रमाणपत्रविना बाहिर निस्कन पाइने छैन।

लकडाउनको बेला खानपिनका लागि सामान खरिद गर्न शपिङ सेन्टर भने खुल्ला नै रहने छन् । पार्लर खोल्न पनि अनुमति दिइएको छ।

संक्रमणको संख्या अत्यधिक बढेसगै इटालीका धेरै सहरहरुमा अस्पतालमा बिमारी राख्ने ठाँउको अभाव पनि भएको छ। इटालीयन सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावका कारण एम्बुलेन्सहरु लामो समयसम्म बाहिरै कुर्न बाध्य भएको बताइएको छ।

IME Life
kumari