stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल र कोषाध्यक्षमा भोजराज बस्याल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । कार्तिक ३ गते  सम्पन्न संघको १४औं वार्षिक साधारण सभाले संघको रिक्त रहेको उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेको हो । यससँगै, संस्थाको कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल नियुक्त भएका छन् ।

सभाले संघको कार्यसमितिमा हेरफेर गरी उपाध्यक्ष र कोषाध्यक्ष सहित ५ जनालाई नियुक्त गरेको छ । त्यस्तै, नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादुर  पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटालाई नियुक्त गरेको छ ।

संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेको छ ।

संघले अनलाइन (जुम) मार्फत उक्त सभा सम्पन्न गरेको हो । सभा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको थियो ।

उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्वअध्यक्ष राम चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरले संघले लघुवित्त क्षत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नु पर्ने र लघुवित्त संस्थाहरुले आफ्नो उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् ।

नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ ।  ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।

prabhu mahalaxmi
kumari