काठमाडौं । सिटिजन्स बैंकले ११% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.७०% बोनस र कर सहित ३.३०% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।