stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दसैं खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि निर्देशन दिएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशन बमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

प्रमुख सचेतक खाँणले कोरोना संक्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए ।

खाँणले यस्तो संकटका अवस्थामा कोरोना संक्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।  रासस

prabhu mahalaxmi
kumari