stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल खरिदमा १० प्रतिशतसम्म छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हो ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख(रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक(सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन् ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान शुरू गरेको हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशतसम्म छुट वा एक हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari