सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्युआर कोड मार्फत नगद झिक्न सकिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरेको क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेको छ । बैंकले देशभरको ९१ शाखामा यो सेवा सुरु गरेको हो ।
यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकता अनुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् ।
चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएको छ ।





























