stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिस कल्चर नेपालको बिजेता बनिन् प्रतिक्षा बास्तोला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल फाल्गुन २०७६, मंगलबार

पोखरा छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतिक्षा बाँस्तोलाले हात पारेकी छन् बाँस्तोलाले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारेकी छिन्
पुष्पाञ्जली फेसन एण्ड इभेन्टद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अफ सुहाना क्षेत्री, थर्ड रनर अफ करुणा पौडेल बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी सस्मिता तिमिल्सिना मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जितेका छन्
हाम्रो सस्कृती हाम्रो पहिचान लोपोन्मुख सस्कृती जोगाउने हाम्रो अभियानभन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना सहभागी रहेका थिए कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसिले गरेका थिए
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत बिजय लामिछाने, हरपल फुडस प्रा.लिका अध्यक्ष जनक धामी , सिजि बु्रअरीका ब्रान्ड म्यानेजर मनिष सिह, पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, सिजी बु्रअरीका गण्डकी प्रदेश प्रमुख सुवोद रिसाल, सिजी फुड्सका गण्डकी प्रदेश प्रमुख गोविन्द शर्मा, सिजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर दिवाकर नकर्मी सेल्स हेड् हरिशचन्द्र अर्याल, कि एड्भर्टाइजिङ्गका बजार प्रवन्धक दिनेश पोखरेल लगायतको उपस्थिति रहेको थियो

प्रतियोगिताको निर्णायकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कूलका प्राचार्य कविराज बराल, फिल्मि डिरेक्टर सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण मिडियाकर्मी कमल बराल रहेका थिए

prabhu mahalaxmi
kumari