stcnepal long ad
ime life insurance
national life
global ime bank long

होटेल ल्याण्डमार्क र टिका रिसोर्टमा कुमारी बैंकका ग्राहकहरुलाई आकर्षक छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३० प्रतिशत विशेष प्याकेजहरुमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशतसम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।

सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्ट तर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

त्यस्तै, कुमारी बैंक र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाकाबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २० प्रतिशतसम्मको, बसाईमा आकर्षक छुट लगायत सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशकटीका पौडेलले हस्ताक्षर गरे ।

सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल तथा रिसोर्टतर्फ आकर्षण बढ्ने तथा सोही रिसार्टे बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।

IME Lifesidebar
kumari