stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाईफ इन्स्योरेन्सले नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना बित्यो । ट्रेकिङ पेशामा आबद्ध शेर्पा नेपालमा हिमालको चुचुरा देखि अग्ला पहाडहरुमा विदेशीलाई घुमाउने काम गर्दथे । गत वर्ष उनलाई एक्कासी मुटुको समस्या देखियो । उपचारको क्रममा मृत्यु भएको शेर्पाको परिवारमा शोक अझै हराइसकेको छैन ।

सोमबार नेपाल लाईफ इन्स्योरेन्सले मृतका नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । २ वटा छोरीका बाबु शेर्पाले बीमा गर्दा हकवालामा छोरीको नाम समावेश गरेका थिए ।

नेपाल लाईफ इन्स्योरेन्समा चार वर्ष पहिले २० लाख बिमाङ्कको नौलो जीवन समृद्धि बीमा पोलिसी लिई जीवन बीमा गरेको शेर्पाको मृत्यु भएपनि उनको छोरीहरुको शिक्षा दिक्षामा अब कुनै समस्या नपर्ने भएको छ ।

बीमा गरेर नियमित रुपमा बीमा शुल्क बुझाउँदै आएका शेर्पाकी उनै नाबालक छोरीको नाममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नाबालक भएकोले छोरीको चेक मृतका बाबु तथा हकवालाकी हजुरबुवा आङ वाङ्छु शेर्पाले बुझेका छन् ।

जीवन बीमा मृत्युपछि आफ्ना प्रिय सन्तानहरुको लागि समेत उपयोगी हुने भएकोले जीवन संसारभर नै जीवन बीमाको महत्व बढ्दै गएको छ ।

IME Lifesidebar
kumari