citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

आज अन्तिम दिन मेगा बैंकको लिलामी शेयरमा आवेदन दिने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मेगा बैंक लिमिटेडले गत असोज ११ गते, आइतबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

यसअघि बैंकले २०७४ साल भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेको थियो । सोही अवधिमा आवेदन नपरेको शेयर बैंकले अहिले लिलामी मार्फत खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

 

IME Life
ofukuro
kumari