stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर निष्कासन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आज असोज १६ गते शुक्रवारदेखि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दुई सय प्रतिशत हकप्रद शेयर निष्कासनमा आउने भएको छ । कम्पनीले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ २ गते अनुमति पाएको थियो । यो हकप्रद विक्री गर्न अनुमति माग्दै कम्पनीले गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेकाले भदौ ११ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज , सुर्खेत, विरगञ्ज , पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, विर्तामोडबाट पनि आवेदन दिन सकिनेछ ।

त्यस्तै, समृद्धि फाइनान्सको केन्द्रिय कार्यालयसँगै पुतलीसडक र बुटवलको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरु जनाउने इक्रा आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

prabhu mahalaxmi
kumari