stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपिओ निष्काशन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असोज २१ गते बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा कार्तिक ६ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्ने कम्पनीको भनाई छ ।

prabhu mahalaxmi
kumari