प्रभु बैंक को “सहयात्रा समृद्धिको (Partnership for Prosperity)”कर्जा योजना शुभारम्भ
काठमाडौं । प्रभु बैँक लि. ले “सहयात्रा समृद्धिको (Partnership for Prosperity)”नामको कर्जा योजना आरम्भ गरेको छ ।
मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड–१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगा र उधमी, शिक्षित बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सम्लग्न उद्यमीहरुको बिधमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो ।
सहयात्रा समृद्धिको यो कर्जा योजनाउक्त समुहलाइ आर्थिक उन्नति सहित जिवन भरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि हो ।
सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेष गरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिच बाँचिरहेका छन् ।
नियमित रुपमा भईरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घर व्यवहार चलाउन उनिहरु बाध्य छन् ।
अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।
यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाडौ उपत्यकाभित्रका महिला सफाटेम्पो चालकहरुलाइ अधिकतम रु १ लाख र बिद्यालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने छ ।
सोही क्रममा आज यो कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौ उपत्यकाभित्रका १० जना महिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएकोे जानकारी गराएको छ ।
यो कर्जा योजना तोकिएकाअन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाडौ उपत्यका बाहिर पनि क्रमशः लागु गर्दैजाने बैँकले जानकारी गराएको छ ।
“सहयात्रा समृद्धिको”कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता , वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वितहुने बिश्वास बैँकले लिएको छ ।























