चिया बगानमा काम गर्ने मजदुरहरुको दैनिक ज्याला बृद्धि
aufgdf xl/of] kQL l6Kb}
Onfdsf] k'jfdem'jfdf /x]sf] lrof aufgdf xl/of] kQL l6Kb} dlxnfx¿ . olta]nf oxfFsf s[ifs xl/of] kQL l6Kg Jo:t 5g . t:jL/ M uf]ljGb nfld5fg], Onfd, /f;;
झापा । झापाका चिया बगानमा काम गर्ने मजदुरहरुको दैनिक ज्याला बृद्धि भएको छ । नेपाल चिया उत्पादक संघ र चिया क्षेत्रमा क्रियाशील ट्रेड युनियन संघका प्रतिनिधिहरुबीच सहमति भएपछि मजदुरहरुको ज्याला बृद्धि भएको हो । चिया मजदुरहरुले दैनिक न्युनतम ज्याला र दैनिक भत्ता गरि ३८५ रुपैयाँ पाइरहेकोमा २०७७ साउन १ गतेदेखि नै लागू हुने गरि दैनिक ज्यालामा ३० रुपैयाँ र २०७८ साउन १ गते देखि थप २० रुपैयाँ बढाउने सहमति भएको हो ।
यसैगरि चिया प्रशोधन कारखानामा काम गर्ने मजदुर र बगानमा काम गर्ने नाइके, सरदार र चौकिदारको ज्याला समेत बढेको छ । ज्याला बृद्धि सँगै चिया मजदुर संघ संगठन र चिया उत्पादकसँग बीच लामो समयदेखि जारी ज्याला सम्बन्धि विवाद अन्त्य भएको छ ।

























