stcnepal long ad
global ime bank long

कोरोना भाइरसको महामारीबाट विश्वको सवैभन्दा प्रभावित अमेरिकामा अर्को विपद्, पुरै सहर दिउँसै अन्धकार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गणेश थापा

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा बुधबार एक्कासी अन्धकार छाएको छ । क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ । अहिले यहॉ दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव(करीव कठिन देखिएको छ ।
सुर्य उदायको हो या होइन भन्ने कुरा विहानीको त कुरै छोडम मध्यान्हले समेत कुनै संकेत गर्न सकिरहेको अवस्था छैन ।


सहरमा जताततै दिनपनि रात भाकोछ यतिवेला । मध्यदिउँसो सारा सडकवत्ति बलिरहेका छन् । सवारी साधनहरू आफ्ना हेडलाइट अन गरेर गन्तव्यतर्फ हुइँकिरहेका छन् । जनजिवन निकै कौतुहल छ ।
तैपनि मानिसहरू निःशब्द प्रायस् छन्, किनकी यो एउटा मानवसिर्जित विपद् भएकोले यसको सामना पनि मानिसले नै गर्नु परिरहेको छ ।

कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख व्यक्तिको ज्यान गइसकेको अमेरिकामा रगंभेदी आन्दोलनको चोटपछि हाल क्यालिफोर्निया, वासिगंटन, ओरेगन लगायतका राज्यहरूमा बिशाल रूपमा फैलिरहेको डडेलोको कारण यसखालको विपद् आइलागेको हो । आकाश तुवॉलो र धुवॉले ढपक्कै ढाकेका कारण यस किसिमको समस्या आएको सम्बन्धित क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् ।


अमेरिकन मौसमविद्ले केहीदिन यस्तै अवस्था रहने र वायुमंडलमा सुद्ध अक्सिजनको मात्रा कमी रहेकोले सचेतता अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।

IME Lifesidebar
kumari