stcnepal long ad
global ime bank long

लामो दूरीका सार्वजनिक सवारी साधन असोज १ गतेबाट सञ्चालन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक सवारी साधान सञ्चालन गर्ने भएका छन् । यातायात व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने बताएका हुन् ।

असोज १ गतेबाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी छ ।

यसअघि सरकारले असोज १ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका थियो तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको नेपाल यायायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

IME Lifesidebar
kumari