stcnepal long ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, १८% लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । आज सम्पन्न क्यापिटलको सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने ३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

prabhu mahalaxmi
kumari