stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको हो । छोरा समेत रहेका पूर्व सांसद अभिजित मुखर्जीले ट्वीट मार्फत आफ्ना बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका छन् ।

मस्तिष्कको सर्जरीका लागि अस्पताल पुगेका मुखर्जीको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । भारतीय राजनीतिमा लामो समयदेखि सक्रिय उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए । उनी अर्थ, रक्षा र विदेशमन्त्री भएका थिए ।

राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाहल गायतले पूर्वराष्ट्रपति मुखर्जीको निधन भएकोमा शोक प्रकट गरेका छन् ।

prabhu mahalaxmi
kumari