stcnepal long ad
ime life insurance
national life
global ime bank long

लागूऔषध सहित पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  कास्की, पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१७ बिरौटा बस्नेहरु तनहुँ शुक्लागण्डी–१२ घर भएका २३ वर्षीय संजोक बिक र २० वर्षीय शिलास बिक रहेका छन् । पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्री बितरण, ओसार–पसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीले ग.९ प ६०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari