stcnepal long ad
ime life insurance
national life
global ime bank long

रुकुमको चौरजहारीमा नेपाल बैंकको नयाँ शाखा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

रुकुम । पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा नेपाल बैंक लिमिटेडको शाखा  स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको नेपाल बैंकले जनाएको छ ।

यसैक्रममा रुकुम पश्मिको चौरजहारी नगरपालिकामा बैंकले आफ्नो १८७औं शाखा स्थापना गरेको हो । शाखा विस्तारसँगै चौरजहारीमा बैंकले औपचारिक कारोबार समेत शुरू गरेको छ ।

उक्त शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिट्यान्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध हुने बैंकका शाखा प्रमुख रूपक ढकालले जानकारी दिए ।

prabhu mahalaxmi
kumari