आज पनि सुन चाँदीको भाउमा गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला सुन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर ३ हजार ५२०रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।























