citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरेन्सको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को यही अवधिसम्म कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

चुक्तापुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड १५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म इन्स्योरेन्स कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

यसैगरी इन्स्योरेन्स कम्पनीको बीमा कोषमा १३ अर्ब १२ करोड ९७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ९ अर्ब ९३ करोड ५३ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ९९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क ९.९१ प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीले ३३ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.८० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोजसम्म इन्स्योरेन्स कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ५.३० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.७० रुपैयाँले ऋणात्मक थियोे। पीई रेसियो १०१.८२ गुणा रहेको इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १९२.७४ रुपैयाँ रहेको छ।

IME Life
kumari