citizens life insurance long ad
stcnepal long ad

हिम पर्वत हाइड्रोपावरको आइपीओ भर्ने अवधि लम्बिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने अवधि लम्बिएको छ।

कम्पनीको आइपीओमा अब स्थानिय बासिन्दाहरुले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता शेयर बिक्री गर्नेछ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ।

त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। उक्त कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

IME Life
kumari