stcnepal long ad
ime life insurance
national life
global ime bank long

काेभिड १९ र नियन्त्रणका भावी नीति

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

–किशाेर शर्मा

कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्ति सुरक्षाको विषयमा केन्द्रीत रहेर अब सरकारले गर्नुपर्ने काम के हुन सक्छ,आम छलफल भैरहेकाे छ । यी विषयमा सरकारले आफ्ना रणनीति केन्द्रीत हुनु पर्दछ ।

१) भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा वस्ने व्यवस्था गाउँ र नगरपालिकास्तरमा मिलाउने ।

२) पिसिआर परिक्षणको दायरा वढाउने । भिडभाँडहुने ठाउ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचानगरी नमुना परिक्षणलाई तिव्रता दिने । कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परिक्षण गर्ने ।

३) कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने । छिटो रिजल्ट पाउनेगरी प्रयोशालासँग आवश्यक समन्वय गर्ने । भिटिएमको अभाव हुन नदिने । अभाव भएमा जिल्ला स्वास्थ्यले खरिद गर्ने व्यवस्था मिलाउने ।

४) जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्न सक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने । व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने ।

५) एरियावन्दी,निषेधाज्ञा र वन्दावन्दीका सन्दर्भमा विशेष मापदण्ड बनाएर कार्यान्वयन गर्ने । सकेसम्म सामान्य अवस्थामै जनजिवन असहज नहोस् भन्ने कुरा ख्याल गर्ने । यातायात मात्र वन्द गर्दा हुने ठाउँमा सोही अनुसार गर्ने ।

६) स्थानिय संचार माध्यमलाई उपयोग गरी जनचेतना फैलाउने । भय र त्रासको वातावरण सिर्जना हुन नदिने ।

७) स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिने । आवश्यकता अनुसार कडाइ समेत गर्ने ।

८) स्वास्थकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिने । प्रोत्साहनभत्ता दिलाउनुपर्ने छुटेको भए प्रकृया अघि वढाउने ।

९)जनप्रतिनिधिहरुसँगको समन्वय र सहकार्यमा जोड दिने ।

१०) सिमानाकावाट हुने आउजाउलाई नियन्त्रण गर्ने । दशैंको समयमा वाहिरवाट आउनेहरुको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिने ।

११) आपुर्ति व्यवस्थालाई सहज बनाउने र बजार अनुगमनको कामलाई प्राथमिकतामा राख्ने ।

१२)आवश्यक स्वास्थ सुरक्षा सामाग्री, एम्वुलेन्स र शव वाहनको व्यवस्था चुस्त र दुरुस्त बनाउने ।

१३)लक्षण देखिएका विरामीलाई अनिवार्य रुपमा कोरोना विशेष अस्पतालमा पठाउने व्यवस्था मिलाउने ।

१४) कोभिड १९सँग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने ।

१५)कोभिड १९ का सर्जिकल केसहरुलाई काेराेना अस्पताल र आइसाेलेशनमा पठाउने ।

१६) सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउने ।

१७) विरामीको मनोवल उच्च राख्न विशेष ध्यान दिने । रोगप्रतिरोधी क्षमता वढाउन उचित खानपान र आहारविहरमा जोड दिने ।

१८)व्यवस्थापनमा कुनै नयाँ समस्या देखिए स्थानियतह/ प्रदेश सरकार /संघीय सरकारलाई तत्काल जानकारी दिने ।

prabhu mahalaxmi
kumari