नेपाल फाइनान्सको साधारण सभा स्थगित
काठमाडौं । आगामी भदौ ११ गते बोलाएको साधारण सभा नेपाल फाइनान्सले स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु नगर्न निर्देशन जारी गरेकाले सभा स्थगित गरिएको उल्लेख गरेको छ ।
स्थगित सभा अब कहिले हुने भन्ने बारे पनि केही जानकारी गराइएको छैन । यसअघि कम्पनीले ८ वर्षको वार्षिक साधारण सभा आगामी भदौ ११ गते बोलाएको थियो ।
कम्पनीले यसअघि नभएका २० औं देखि क्रमशः २७ औं वार्षिक साधारण सभा एकै पटक आयोजना गर्न लागेको थियो । सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि हुनेछ ।

























