stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेकपाकाे अन्तर्विरोध र एकता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । निरपेक्ष एकता र निरपेक्ष संघर्षको मान्यता किमार्थ मार्क्सवादी मान्यता हुन सक्दैन्। अझ झन द्वन्द्ववादी हुनै सक्दैन । मार्क्सवाद आफैमा एक गतिशिल बिज्ञान हो यसको बिकास अपरिहार्य र अनिवार्य छ ।
परिवार, समाज र राष्ट्र हुदै विश्वव्यापी अन्तरबिरोधहरूको निरूपण र समाधान गर्न केवल मार्क्सवादले मात्र सिकाउछ । मार्क्सवादले दुनियाँ बुझ्न मात्र हैन दुनियाँ बदल्न सिकाउछ त्यो पनि निश्चित मार्क्सवादी मूल्य मान्यता सिद्वान्त र परिधि भित्र रहेर । जब सामाजिक अन्तरबिरोधमा फेरवदल आउँछ ठिक त्यति नै बेला पार्टी भित्रको अन्तरबिरोधमा पनि फेरवदल आउने गर्छ ।
बिद्यमान समाजिक अन्तरबिरोधहरूको पक्ष र बिपक्षहरू नेकपा पार्टी भित्र पनि देखिने गर्छन् । मार्क्स कालमा मार्क्सवादी कित्तामा पुँजीवादी प्रतिनिधि देखिने कुरा लेनिनकालमा बोल्सेभिक भित्रै जारशाहीका प्रतिनिधि देखिने कुरा माओकालमा माओ कै पार्टीमा च्याङ काई सेक र कोमिन्ताङका प्रतिनिधि देखिने कुरा र नेपालकै सन्दर्भमा नेपाली जनता र दरबार बिचको अन्तरबिरोध देखिँदा केशरजंग रायमाझी, देवी ओझा, राधाकृण्ण मैनाली, कमल चाैलागाई, प्रेम वहादुर सिंह, कमलराज रेग्मीहरू जन्मने कुरा यी सब तथ्यहरूले समाजमा बिधमान अन्तरबिरोधको पक्ष र विपक्षहरू पार्टी भित्र बिधमान रहन्छन् भन्ने कुराकै पुष्टि गर्दछन् ।
अझ त्यो पनि नेतृत्व तहमा नै हुन्छ । जब बाहिरको उत्पिडित र उत्पिडक बर्गको बिचमा भिषण अन्तरविरोध हुदा पार्टी भित्र समाजमा रहेको उत्पिडित बर्गको प्रतिनिधित्व गर्ने बिचार र नेतृत्व हावि रहन्छ भने त्यो बेला क्रान्ति सुनिनिश्चित हुन्छ । जब बाहिरको उत्पिडक बर्गको प्रतिनिधिहरू पार्टी नेतृत्वको तहमा हावि रहन्छन् भने त्यति बेला प्रतिक्रान्ति नै हुन्छ जसलाई रोक्न कठिन हुन्छ ।
हाल नेकपा भित्र पनि समाजमा बिधमान अन्तरबिरोधको आधारमा पक्ष र बिपक्ष छ । जसरी यति बेला नेपाली समाज मुल रूपमा नेपाली श्रमजीवी जनता र दलाल नोकरशाही पुँजीवादी तप्का बिचको अन्तरबिरोधकको केन्द्रमा छ । नेकपा भित्र पनि सोही खाले अन्तरबिरोधको बिम्वहरू झल्कने गर्दछ वा भनाै सामाजिक अन्तरबिरोका आधारमा पार्टी अन्तरबिरोध मुक्त छैन ।
पार्टी भित्र ईमान्दार नेता कार्यकर्ताको सुनुवाई नहुने र पँहुच स्थापित नहुने तर दलाल नोकरशाही बर्गले पार्टी नेतृत्वलाई प्रभाबित पार्ने र पार्टी भित्र जबरदस्त पहुँच स्थापित गर्ने कुराले हामी क्रान्ति भन्दै भन्दै प्रतिक्रान्तिका आधारहरू त स्थापित गर्दै छैनाै ? भनि एक पटक निर्ममतापुर्वक समीक्षा गर्नु पर्ने मोडमा आई नै सक्या छाै ।
हामीले ठिक ठिक ढंगले बर्गिय दिष्टिकोण सहित पार्टी जीवनलाई गतिशिल रूपमा जनता सम्म पुर्याउने हो भने हामी भित्रै बिधमान केही दलाल नोकरशाही चिन्तन परास्त हुने छ र क्रान्तिको सुन्दर बिजय सम्म हामीलाई पुर्याउने छ । परन्तु पार्टीको बर्गिय दृष्टिकोण स्पष्ट नहुने, साँठगाँठ,दलाल, नोकरशाही पुजीपतिहरूसँग हुने, इमान्दार नेता कार्यकर्ताहरू अपमानित भै बस्नु पर्ने अबस्था सृजना भएमा प्रतिक्रान्ति कुनै ताकतले रोक्न सक्दैन र हाल सम्मका उपलब्धिहरूको रक्षा गर्न सम्म पनि असम्भब हुने छ ।
तसर्थ माओले भन्नू भए जस्तै बिचार र कार्यदिशा सहि या गलत हुने कुराले नै सबै कुराको निधारण गर्छ यो सहि छ भने नभएका कुराहरू पनि प्राप्त हुन्छ र गलत भए भएका कुराहरू पनि गुम्छ । तसर्थ हामीलाई आजको दिनमा मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने एक क्रान्तिकारी बिचार र स्पष्ट कार्यदिशाको खाँचो छ । बिचार अनुरूपको क्रान्तिकारी पार्टी र संगठनको खाँचो छ जसले हामीलाई क्रान्ति सम्म पुर्याउने छ ।
यदी हामीले बिचारमा निखारता ल्याउन सकेनाै भने बदलिएको राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरबिरोधको आधारमा मार्क्सवादको सृजनात्मक प्रयोग , बिकास र रक्षा गर्न सकेनाै भने हामीले आफै सम्पन्न गरेको क्रान्तिको रक्षा गर्न पनि सक्दैनौं र समाजवादी क्रान्तिको आधारहरूको बिकास गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभारहरू पनि पूरा गर्न सक्दैनौं ।तसर्थ क्रान्ति र प्रतिक्रान्तिको मुल कारण आन्तरिक नै हो ।
पार्टी भित्र क्रान्तिकारी बिचार र नेतृत्व, श्रमजीवी मेहनतकस जनताका प्रतिनिधिहरू हाबि हुने र बिचारमा पनि हामीले उत्कृष्टता हाँसिल गर्न सक्ने हो भने नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न दुनियाको कुनै पनि पुँजीवादी बिस्तारवादी तागतले रोक्न सक्ने छैन ।
जसका लागि नेकपा भित्र बिधिका आधारमा बिविध प्रबृत्तिहरू बिच संघर्ष मार्फत क्रान्तिकारी बिचार र नेतृत्वको संश्लेषण, रूपान्तरण र एकता अपरिहार्य छ जसले हामीलाई सहि दिशा तर्फ लैजान सक्छ । (समाचार विश्लेषण)
prabhu mahalaxmi
kumari