stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पश्चिम नवलपरासीका चार स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नवलपरासी । पश्चिम नवलपरासी जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा २९ जनामा पोजेटिभ देखिएको हो ।

जिल्ला पृथ्वीचन्द्र अस्पतालका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर आवश्यक निर्णय लिने जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई होम आइसोलेसनमा राख्ने वा स्थानीय तहले तयार गरेको आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी गरिएको छ ।

prabhu mahalaxmi
kumari