stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल-भारत नयाँ पेट्रोलियम पाइपलाइन बारे छलफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
 काठमाडौं । पेट्राेलियम पदार्थ र एलपी ग्याँस सहयोग सम्बन्धी नेपाल-भारत संयुक्त कार्य समुहको दोस्रो बैठक भिडियो कन्फ्रेन्स मार्फत हिजाे भदाै ६ गते सम्पन्न भएको छ। भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव बी. एन. रेड्डी र नेपालका तर्फबाट उद्योग. वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा भिडियो कन्फेन्स बैठक सम्पन्न भएको हाे ।
भिडियो कन्फ्रेन्समा भारतीय दुतावासका अधिकारीहरु, भारतीय सार्वजनिक ग्याँस र तेल कम्पनीहरु आईओसीएल, जीएआईएल, एचपीसीएल र नेपाल भारतका वाणिज्य र विदेश मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको बताइएकाे छ ।
बैठकले सन् २०१९ को सेप्टेम्बर १० तारिखमा दुवै देशका प्रधानमन्त्रीहरुले उदघाटन गरेको करिव ७० किमि लामाे मोतिहारी-अमलेखगञ्ज अन्तर देशिय पेट्रोलियम पदार्थ ढुवानी पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ ।
दक्षिण एसिया क्षेत्रकै पहिलो अन्तरदेशिय पेट्रोलियम पाइपलाईनले नेपालको करिव ७० प्रतिशत पेट्राेल र डिजेल इन्धन आपुर्ति गरिरहेको छ ।यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको अधिकारीहरुले बताएका छन् ।
बैठकमा नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि कुरा भएको छ । त्यस्तै नेपाल- भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छलफल भएको बताइएकाे छ ।
इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगम लिमिटेड बीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउनका लागि नेपाल-भारत संयुक्त कार्य समुहको स्थापना २०१७ मा भएको थियो । समुहको पहिलो बैठक सन २०२० काे जनवरी ४ मा नयाँ दिल्लीमा भएको थियो । बैठकमा दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आ-आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ।
अगष्ट १५ मा दुई देशका प्रधानमन्त्रीबीच संवाद भएपछिको सरकारीस्तरमा भएको यो दोस्रो वैठक हो । यसअघि परराष्ट्र सचिव र भारतीय राजदुतको तहमा संवाद भएको थियो । भारतकाे विहार प्रदेशकाे माेतिहारीबाट नेपाल-भारत सीमा रक्साैल हुँदै नेपालकाे बारा जिल्लाकाे अमलेखगञ्ज सम्म करिव ७० किमि लामाे अन्तरदेशिय पेट्रोलियम पाइप लाइन विछ्याइ सन २०१९काे सेप्टेम्बर १०मा नेपाल भारतका प्रधानमन्त्रीले दिल्ली र काठमाडौबाट संयुक्तरूपमा उदघाटन गरेका थिए ।
याे पाइप लाइनकाे शिलान्यास सन २०१८ काे अप्रिल ८ मा नेलालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले संयुक्तरूपमा गरेका थिए । याे परियाेजना कार्यान्वयन गर्न २०७२ भदाै ७ गते तात्कालिक बाणिज्य मन्त्री सुनिल बहादुर थापा र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्री धर्मेन्द्र प्रधानले सम्झाैतापत्रमा हस्ताक्षर गरेका थिए ।

याे पेट्रोलियम पदार्थ ढुवानी पाइप लाइन भारत तर्फ माेतिहारी देखि रक्साैल सम्म ३२.२५ किमि र नेपालकाे पर्सा जिल्लाकाे रक्साैलदेखि वारा जिल्लाकाे अमलेखगञ्ज सम्म ३७.५ किमि लामाे पाइप लाइन निर्माण गरि सञ्चालन हुदैछ।परियोजनाको काम ९० प्रतिशत सम्पन्न भइसकेको निगमको दाबी छ ।  याे पाइप लाइनबाट प्रति घण्टा २ लाख लिटर पेट्राेलियम पदार्थ ढुवानी गर्ने र प्रति वर्ष २० लाख टन पेट्राेलियम पदार्थ ढुवानी गर्ने क्षमता रहेकाे छ ।

याे पाइप लाइन निर्माण लागत ४ अर्व ४० कराेड रहेकाे थियाे । जसमा ईण्डियन आयल कर्पाेरेसनकाे दर्धकालिन सहुलियत ऋण ३अर्व १९ कराेड ४९ लाख ३२ हजार ४ सय ६५ रूपैयाँ र नेपाल सरकार अन्तर्गत नेपाल आयल निगम लिमिटेडले १अर्व १९ कराेड ८०लाख ५९ हजार ५सय ८९ रूपैयाँ व्यहाेरेकाे थियाे ।
IME Lifesidebar
kumari