मुक्तिनाथ म्युचुअल फन्ड–२ का इकाइहरु आजबाट बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ का इकाइहरु आज असोज १ गतेदेखि बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापकले मुक्तिनाथ क्यापिटलले यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागेको हो।

कुल इकाइमध्ये बीज पुँजीबापत २० लाख इकाइ योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासन बन्द छिटोमा असोज ६ गते र ढिलोमा असोज १५ गते बैंकिङ समयपछि हुनेछ।

IME Lifesidebar
kumari