stcnepal long ad
global ime bank long

विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीबाट दुई करोड सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीले रु दुई करोडभन्दा बढी सहयोग गरेका छन्।

नेपाल टेलिकमका कर्मचारीका तर्फबाट संकलित दुई करोड दुई लाख २६ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले आज उक्त रकम अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले संस्थागत रूपमा समेत विपद् प्रभावितका लागि थप सहयोग गर्ने तयारी गरेको छ। कम्पनीले केही दिनभित्रै संस्थागत सहयोग घोषणा गर्ने बताइएको छ।

IME Lifesidebar
kumari