मार्क्सवाद, भ्रम, वास्तविकता र रूपान्तरण
–आर. सी. न्याैपाने
मार्क्सवाद भनेको जीवन र जगतलाई वुझ्ने, वदल्ने सार्वभाैम र विशिष्ट विज्ञान हो । सिङ्गो व्रहमाण्डको गति र विकासको नियम पत्ता लगाउने पद्धति मार्क्सवाद हो । १९ औं शताव्दीमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स मिलेर प्रतिपादन गरेको विचार विज्ञान हो मार्क्सवाद ।
मार्क्सवादलाई इतिहासको गहिरो उत्खन र प्राचिन काल देखिका विचार दर्शनहरुको साङ्गो पाङ्गो विवेचनाका साथ सच्चाइको मूल्यवोधको संष्लेषणको रुपमा पनि बुझ्नु पर्छ । जीवन र जगतको सङ्घर्षको दर्शन एवं विज्ञान भएकाले यसको जीवन्त मूल्य छ ।
इतिहासमा जरा गाढेर बसेको रुढता जडतालाई चिर्दै वस्तुगत जगत र मानव समाजको गति र विकासको सश्लेषण मार्क्सवादले सहि ढङ्गबाट गरेको छ । मार्क्सवादको सार्वभाैम सच्चाइ र विशिष्ट प्रयोग एकता सङ्घर्ष रुपान्तणको पद्धतिबाट अघि वढ्दछ ।
सिङ्गगो व्रहमाण्ड र मानव समाजको गतिशीलतासँग सापेक्षिक विकास तथा रुपान्तणको ध्येय मार्क्सवादको अन्तर वस्तु हो । मार्क्सवाद भन्दा अघि पनि समाजमा विविध विचार दर्शनहरुको प्रार्दुभाव भएकै थिए । जीवन र जगतलाई हेर्ने बुझ्ने फरक दृष्टिकोण थिए ।
तथापी मार्क्स र एङ्गेल्सले सिङ्गो व्रहमाण्डको र मानव जाती तथा समाजको उत्पत्ति गति र विकासको नियमको मिहिन खोज अध्ययन पश्चात तिनै पुराना विचार दर्शनको राम्रा पक्षहरुको स्रोतहरु पनि आत्मसाथ गर्दै मार्क्स एङ्गेल्सले नयाँ विचार मार्क्सवादी सिद्धान्त प्रतिपादन गरे।
यतिवेला कम्युनिष्ट आन्दोलन महान विजय र दुर्घटनाको सम्मुख छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास टुटफुट र विभाजनको आलो घाउको पिँडामा मलम पट्टि लगाउदै एकताको लय पस्कदै आएको विगत र वर्तमान हो । अगाडी वढ्ने ध्येयमा विचार सिद्धान्तको जगमा एकता सङ्घर्ष रुपान्तरण अभिछिन्न पाटो हो ।
कार्ल मार्क्सले भन्नू भएको छ ” दार्शनिकहरुले संसारको व्याख्या मात्र गरेका छन ,तर मुख्य कुरो त्यसलाई वदल्नु हो “। यस भनाइबाट संसारलाई बुझेर मात्र हुदैन जीवन ब्यवहारमा बदल्न सक्नु पर्छ तव मात्र जीवन जगतको सार्थकता हुन्छ । यसकारण मार्क्सवादलाई आत्मगत र वस्तुगत जगतको उचित मूल्याङ्कन गर्न सफल ब्यवहारिक दर्शनको रुपमा बुझिदै आइएको छ ।
मार्क्सवादले भाैतिक जगत र मानव समाजको गति र विकासबारे वस्तुपरक सश्लेषण गर्न सफल दर्शन तथा विज्ञान भएकोले यसको सार्वभाैम महत्व छ । मार्क्सवादका तीन संगठक सिद्धान्त छन् ।
१-दर्शन
२- राजनीतिक अर्थशास्त्र
३- वैज्ञानिक समाजवाद । यी तीन संगठक सिद्धान्तको आधार स्रोत जर्मनको शास्त्रिय फनयर वाख र हेगलको दर्शन वीचार । बेलायतका अर्थशास्त्री आदम स्मिथ र डेभिड रिकार्डो द्वारा प्रतिपादित वेलायती राजनीतिक अर्थशास्त्र सिद्धान्त । फ्रान्सेली समाजवाद मार्क्सवादका आधार स्रोत हुन ।
यिनै शास्त्रिय दर्शन सिद्धान्तलाई मार्क्स र एङ्गेल्सले गहिरो अध्यन अनुसन्धान गरि सबल र दुर्वल पक्ष केलाएर वस्तुगत सत्य र तथ्यमा आधारित भइ समय सापेक्ष विचार सिद्धान्त मार्क्सवादी सिद्धान्तको प्रतिपादन गरे ।
यसरी मार्क्स ,एङ्गेल्स सिर्जित विचार दर्शन द्वन्द्वात्मक ऐतिहासिक भाैतिकवादी सिद्धान्त राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समष्ठी मार्क्सवाद १९ शताव्दीको पूर्वार्धदेखि विश्व जनक्रान्तिको मार्ग दर्शनको रुपमा सशक्त छ । मार्क्सवादका तीन संगठक सिद्धान्त, दर्शन, ऐतिहासिक द्वन्द्वात्मक भाैतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको सार संक्षेप विवेचना गरिएको छ ।
दर्शन :-
जीवन र जगतको यथार्थ बुझाने बुझाउने दृष्टिकोण दर्शन हो । मार्क्सवादी दर्शनले सिङ्गो व्रहामाण्ड तथा समग्र वस्तुगत र आत्मगत जगतको गति र विकासको नियम पत्ता लगाउछ । अतिरिक्त मूल्यको सिद्धान्त राजनीतिक अर्थशास्त्रले मानव समाजको गति र विकासको नियम उदघाटित गर्दछ । वैज्ञानिक समाजवादले न्याय ,समानता ,स्वतन्त्रताको पक्षपाती राज्य संयन्त्र तथा समाज स्थापित गर्न वर्ग सङ्घर्षको नियमलाई उदघाटित एवं परिभाषित गर्दछ ।
यसरी के बुझ्न सकिन्छ भने ऐतिहासिक तथा द्वन्दात्मक भाैतिकवादी सिद्धान्तको अन्तर्वस्तु बोकेको दर्शन ,अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित राजनीतिक अर्थशास्त्र र श्रमजीवी किसान मजदुर सर्वहारा वर्गीय जनसमुदायको राज्य सत्ता स्थापनाको ध्येय समाजवादी ब्यवस्थामा आधारित वैज्ञानिक समाजवादको समष्ठी मार्क्सवादका प्रस्तावना हुन । यही नै मार्क्सवाद हो ।
मार्क्सवादको सबै भन्दा ठूलो खोज तथा दृष्टिकोण भनेकै मार्क्सवादका तीन संगठक सिद्धान्तका अन्तरवस्तु तथा मार्क्सवादको सार भनेको वस्तुगत जगत वस्तु र आत्मगत चेतना विपरितहरुको एकत्वबाट बनेको हुन्छ र तिनीहरुका वीच निरन्तर द्वन्द चलिरहन्छ ।
तिनीहरुका वीच चलिरहने एकता ,सङ्घर्ष र रुपान्तरणको सापेक्षिक प्रक्रियाले भाैतिक जगत र आत्मगत चेतनाको साथै मानव समाजलाई अग्रगामी दिशामा गति प्रदान गर्दछ । मानव समाजमा समस्त मानव जतिको मुक्तिको वहार सिर्जना गर्ने उन्नत दर्शन विचार सिद्धान्त मार्क्सवादले अमर मार्ग दर्शनको रुपमा विश्वब्यापी रुपमा प्रभाव छरि नै रहेको छ । आज सम्म मार्क्सवादलाई चुनाैति दिन सामर्थ्य राख्ने विचार कसैले पनि आविस्कार गरेका छैनन ।
पछिल्लो समय विकास भएका ब्रहमाण्डको उत्पत्ति र विकास सम्वन्धि महान धमाका सिद्धान्त ,सापेक्षतावादको सिद्धान्त , क्वान्टम यान्त्रिकीका साथै त्यसको अनिश्चयताको सिद्धान्त लगायतका सिद्धान्तहरुले समेत मार्क्सवादको द्वन्दात्मक भाैतिकवादलाई अर्थात मार्क्सवादलाई आत्मसाथ गरेका छन् । यस अर्थमा आजसम्ममा आइपुग्दा मार्क्सवाद वस्तुगत र आत्मगत मानव समाजलाइ बुझ्ने बुझाउने उन्नत विचार दर्शन हो ।
























